आफ्नै ब्रान्डमा सिलिन्डर बनाउने तयारी


लक्ष्मण दर्नाल

oil nigamकाठमाडौँ, भदौ ३ गते । नेपाल आयल निगमले आफ्नै ब्रान्डमा खाना पकाउने ग्यासको सिलिन्डर उत्पादन गर्ने भएको छ । ग्यास सिलिन्डर उत्पादन गर्ने योजना स्वीकृत भएको निगमले जनाएको छ ।
निगमको आगामी योजनाअन्तर्गत सिलिन्डर उत्पादन पनि राखिएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइत भन्नुहुन्छ, नेपाल आयल निगमको लोगोमा बेच्ने कि भन्ने योजना छ तर यसका लागि पूर्वाधार आवश्यक पर्छ, डिपो र बोटलिङ चाहिन्छ हामी छलफल गरिरहेका छौँ । निगमले आर्थिक वर्ष २०७६÷७७ मा ग्यास भण्डारणगृह बनाउने भएको छ । निगमका अनुसार झापा, जनकपुर, मकवानपुर र महेन्द्रनगरमा ग्यास भण्डारणगृह निर्माण हुनेछ । ग्यास भण्डारण गरिसकेपछि आफ्नै ब्रान्डमा सिलिन्डर बनाएर बिक्री गरिने योजना रहेको प्रवक्ता गोइतको भनाइ छ ।
निगमले अहिलेसम्म एलपी ग्यासको भण्डारण र आफ्नै ब्रान्ड निर्माण गरेको छैन । झापाको चारआली, हेटौँडा, महेन्द्रनगरलगायतका स्थानमा निगमको आफ्नै जग्गा भएकाले छिटो काम गर्न सकिने निगमले जनाएको छ । निगमका अनुसार खाना पकाउने ग्यास सिलिन्डर उत्पादन गर्ने उद्योगसँग १६ हजार आठ सय टन क्षमताको भण्डारण क्षमता छ ।
महेन्द्रनगर र हेटौँडामा पाँच÷पाँच हजार टन क्षमताको भण्डारणगृह निर्माण हुनेछ । पाँच÷पाँच सय क्षमताका सिलिन्डर उत्पादन गर्ने उद्योग निर्माण गरिने भएको छ । एक स्थानमा भण्डारण र सिलिन्डर उत्पादन कारखाना निर्माण गर्न ७५ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । भण्डारणगृह निर्माणका लागि छिटैै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम सुरु गरिने भएको छ । तर निजी क्षेत्रका ग्यास उद्योगहरूले भने निगम आफैँले सिलिन्डर उत्पादन गर्नु नाजायज भएको दाबी गरेका छन् । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले भन्नुभयो, निजी क्षेत्रका व्यवसायीहरूले घाटा खाएरै उपभोक्ताको घरघरका ग्यास पु¥याएकै छन्, उनीहरूको करोडौँ लगानी छ, निगम आफँैले खोल्नुभन्दा भएकालाई मर्ज गर्ने वा व्यवस्थित गर्नतिर लाग्नुपर्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds