हवाई सुरक्षामा नेपाल प्रतिबद्ध


गोरखापत्र समाचारदाता

kp oliकाठमाडौँ, भदौ ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले हवाई सुरक्षामा गर्नुपर्ने सुधारका लागि नेपाल तयार र प्रतिबद्ध रहेको बताउनुभएको छ । हवाई सुरक्षासँग सम्बन्धित अन्तर्राष्ट्रिय नियमको पालना नेपालका लागि बाध्यता मात्र नभई आवश्यकता रहेकाले यसको कार्यान्वयनमा सरकार सधँै तयार रहेको उहाँको भनाइ छ ।
सोमबारदेखि राजधानीमा सुरु भएको एसिया प्रशान्त क्षेत्रका हवाई सेवा नियामकका महानिर्देशकहरूको ५६औँ सम्मेलनको उद्घाटन कार्यक्रममा उहाँले हवाई सेवा विश्वसँग जोडिने नेपालको एक मात्र माध्यम भएकाले यसको सुरक्षा सधैँ प्रमुख प्राथमिकतामा रहने बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनसँग सहकार्य गर्न सरकार सधँै तयार रहेको भनाइ राख्नुभयो । “आइकाओको भूमिका र सहयोगप्रति म धन्यवाद दिन चाहन्छु,” उहाँले भन्नुभयो, “भविष्यमा थप सहकार्यका लागि नेपाल सरकार तयार छ ।”
त्यस्तै उहाँले हवाई सुरक्षासँग सम्बन्धित नियम, लक्ष्य र प्राथमिकता साझा हुने भएकाले यसमा सबै देशको सहकार्य आवश्यक पर्ने बताउनुभयो । खासगरी एसिया क्षेत्रको हवाई सेवा सुरक्षासँग सम्बन्धित विषयमा यसका सबै सदस्य राष्ट्र एकमत भएर अगाडि बढ्नुपर्ने र त्यसमा नेपाल सरकारले सधँै साथ दिने उहाँले जानकारी दिनुभयो ।
सम्मेलनले एसिया प्रशान्त क्षेत्रको हवाई सुुरक्षालाई थप प्रभावकारी बनाउने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । लामो समयको राजनीतिक सङ्क्रमणपछि नेपाल अहिले आर्थिक विकासको गतिमा अगाडि बढिरहेको र त्यसका लागि पर्यटन महìवपूर्ण सम्भावना क्षेत्र रहेको उहाँले बताउनुभयो ।
पर्यटकीय गतिविधि बढाउन सुलभ र सुरक्षित ‘कनेक्टिभिटी’ आवश्यक पर्ने भएकाले त्यसका लागि सरकारका तर्फबाट आवश्यक काम हुने उहाँले जानकारी दिनुभयो । पर्यटकीय पूर्वाधार निर्माण स्वरूप भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम भइरहेको र छिट्टै सञ्चालनमा ल्याउने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा उपस्थित विदेशी प्रतिनिधिलाई प्रधानमन्त्री ओलीले सगरमाथालाई माउन्ट एभरेस्ट नभई सगरमाथा नै भन्न पनि आग्रह गर्नुभयो । “हामी सगरमाथालाई माउन्ट एभरेस्ट हैन, सगरमाथा नै भन्न जोड दिन्छौँ,” उहाँले भन्नुभयो । त्यस्तै उहाँले विश्वभर कतै पनि गैँडा नपाउने भएकाले यसलाई अङ्गे्रजीमा ‘राइनो’ नभई गैँडा नै उच्चारण गरिदिन पनि आग्रह गर्नुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हवाई सुरक्षाका सम्बन्धमा नेपालले पछिल्लो समयमा व्यापक सुधार गरेको जानकारी दिनुभयो । खासगरी हवाई सेवा पूर्वाधार र एयर नेभिगेसनमा नेपालले महìवपूर्ण उपलब्धि हासिल गरेको उहाँले जानकारी दिनुभयो ।
नेपाल खुला आकाश नीतिको पक्षधर राष्ट्र भएको र विश्वभर यसै नीतिअन्तर्गत सबैले हवाई उडान गर्न पाउने मान्यता राख्ने उहाँको भनाइ थियो । त्यस्तै उहाँले हवाई सुरक्षालाई थप बलियो बनाउन नियामक र सेवा प्रदायक छुट्याएर संरचनागत परिवर्तन ल्याउन कानुनी व्यवस्थाको प्रक्रिया अगाडि बढेको
जानकारी दिनुभयो ।
आइकाओका अध्यक्ष डा. अलुमुयिवा बेनार्ड अलिउले नेपाल जस्तो देशले पर्यटनबाट पर्याप्त लाभ लिन सक्ने र त्यो हवाई सेवाको सुधारबाट सम्भव हुने सुझाव दिनुभयो । विश्वभर गुणस्तरीय हवाई सेवा विस्तारको मान्यताअनुरूप आइकाओले नीतिगत र प्राविधिक सुधारमा जोड दिएको भनाइ राख्नुभयो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जटिल भौगोलिक अवस्थाका कारण पनि नेपालले हवाई सेवा प्रदायकहरूसँगको सहकार्यको सुरक्षामा व्यापक सुधार गरेको जानकारी दिनुभयो । नेपालले पछिल्लो समय हवाई सेवा सुरक्षाको विश्वव्यापी स्तरभन्दा माथिल्लो अङ्क प्राप्त गरेको बताउनुभयो ।
एसिया प्रशान्त क्षेत्रको हवाई सुरक्षा नीतिका लागि सुझाव पेस गर्ने यो सम्मेलन पाँच दिनसम्म सञ्चालन हुनेछ । सम्मेलनमा यस क्षेत्रका ४३ देशका २९१ प्रतिनिधि, २६ वटा प्रवद्र्धक संस्था र अन्य सहभागी गरी करिब चार सय विदेशीको सहभागिता रहेको छ । सम्मेलन अवधिभर १२ वटा विषयवस्तु पेस हुनेछन् ।
त्यस्तै ५४ वटा छलफलपत्र र ४८ वटा जानकारीपत्र प्रस्तुत हुनेछ । नेपालले तीनवटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले आइकाओ स्थापनाको ७५औँ वर्षको उपलक्ष्यमा सगरमाथा चुचुरोमा पु¥याइएको आइकाओको झण्डा अध्यक्ष अलिउलाई हस्तान्तरण गर्नुभएको थियो ।
पहिलो र दोस्रो चरणमा खरिद गरिएका दुवै गाडी समिति सभापतिहरूलाई दिइएको छ । सभापतिहरूले बारम्बार गाडी पुरानो भएको दबाब दिएपछि सचिवालयले नयाँ गाडी खरिद गरेको थियो । पछिल्लो चरणमा सचिवालयले पाएका ११ गाडीमा प्राविधिक समस्या देखिएको हो । गाडीमा गेयर, भाइजर, स्पिकर तथा ढोका लगायतमा समस्या देखिएका छन् । कतिपय समस्या सामान्य प्राविधिक भए पनि एउटा गाडीमा भने बढी समस्या देखा परेको सचिवालयको दाबी छ ।
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds