एभिसी भलिबलः तुर्कमेनिस्तानद्वारा अफगानिस्तान पराजित   

volleyball
काठमाडौँ, भदौ २ गते ।  तुर्कमेनिस्तानले अफगानिस्तानलाई पराजित गरी एशियन भलिबल कन्फडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा सुखद शुरुआत गरेको छ ।    
    
 लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा आज भएको खेलमा तुर्कमेनिस्तानले अफगानिस्तानलाई ३–१ सेटमा पराजित गरेको हो । तुर्कमेनिस्तान ३२–३०, २५–१६, २७–२५ र २६–२४ अङ्कले हराएको हो । जितसँगै समूह ‘बी’ मा रहेको तुर्कमेनिस्तानले दुई अङ्क जोडेको छ ।    
    
 नेपालले पहिलोपटक आयोजना गरेको उक्त प्रतियोगितामा सात राष्ट्रको सहभागिता छ । आयोजक नेपालसहित बङ्गलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान छन् । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा कीर्गिस्तान र माल्दिभ्स छन् ।

समूह ‘बी’मा तुर्कमेनिस्तान, बङ्गलादेश, उज्वेकिस्तान र अफगानिस्तान छन् । नेपालले अहिले साँझ किर्गिस्तानसँग खेल्ने छ । (रासस)    

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds