तीज गीतको समाजशास्त्रीय प्रभाव

रमेश दहाल

teej2नेपाली गीत–सङ्गीतको भण्डारबाट तीज गीतलाई निकालिदिने हो भने हाम्रो साङ्गीतिक क्षेत्र अधँरो हुन्छ । हुन त तीज वर्षमा तीन दिन मात्रै मनाइने हिन्दँ नारीको पवित्र पर्व हो । तीजमा दिदीबहिनीले परम्परादेखि चल्दै आएका गीत र त्यसका धुनमा नाच्ने–गाउने गर्दछन् । तीज नेपाली समाजलाई सन्तुलनमा राख्ने महŒवपँर्ण पर्व हो । हिजोआज तीज भड्किलो हँुदै गएको भन्ने आरोप लागे तापनि समाजमा तीज गीतको विशेष महŒवलाई भने नकार्न सकिँदैन । वास्तविक तीज गीत दिदीबहिनीको जन्मघर र माइतीघरसँग सम्बन्धित हुन्छन् । यसै सन्दर्भमा साङ्गीतिक क्षेत्रका केही प्रसिद्ध व्यक्तित्वसँग गरिएको कुराकानीका आधारमा तयार पारिएको यो लेखमा तीज गीतको समाजशास्त्रीय पाटोलाई केलाउने प्रयत्न गरिएको छ ।
गीतकार राजेन्द्र थापा तीज गीतलाई महिलाले वर्षभरि भोगेका कष्टकर जीवनका उकाली–ओरालीलाई व्यक्त गर्ने आफ्नै प्रकारको माध्यम मान्नुहुन्छ । गीतकार लोकराज अधिकारी नारी स्वतन्त्रताको आवाज हो भन्नुहुन्छ । तीज गीत लयात्मक उजुरी हो र यो नारी आन्दोलनको एक नमुना हो, अधिकारीको धारणा छ । त्यस्तै, बलराम उप्रेती जर्नल अफ इन्टरनेसनल ओमन्स् स्टडिजमा तीज गीत सासँ र बुहारीबीच घरायसी मामिलामा शक्ति हात पार्ने राजनीति हो भन्नुहुन्छ । गायिका तथा सञ्चारकर्मी नीरा रानाभाट दिदीबहिनीले आफँमाथि हुने अन्यायको प्रतिकारको रूपमा लिनुहुन्छ । मानवशास्त्री डा. जीवनमणि पौडेलका अनुसार समाजको सांस्कृतिक चरित्र हो । तीज गीतले सासँ–बुहारीबीचको द्वन्द्वात्मक सम्बन्धलाई देखाउँछ । यसका माध्यमबाट कमजोर वर्ग (बुहारी)ले शक्तिशाली वर्ग (सासँ)माथि शाब्दिक हतियार प्रयोग गरेको हो भन्न सकिन्छ ।
सँचना प्रविधिको विकासले फड्को मारेर समाज आजको अवस्थामा आउनु पहिले नारीको सामाजिक पक्ष कहालीलाग्दो थियो । जर्नल अफ इन्टरनेसनल ओमन्स् स्टडिजमा बलराम उप्रेतीले उल्लेख गर्नुभए अनुसार आफ्नै घरमा बुहारीलाई खान, लाउन, बस्न र आराम गर्नसमेत दोस्रो दर्जाको व्यवहार गरिन्थ्यो । घरका सबैले दालभात खाँदा बुहारीले ढिँडो, रोटो र पुछ्पाछ तरकारीले पेट भर्नुपथ्र्यो– उप्रेती उदाहरण दिनुहुन्छ । माइतीघरतिर भाउजँ–बुहारीसँग चेलीको मनमुटाव हुने गथ्र्यो । सानै उमेरका छोरीहरूको विवाह भई पराईघर जानु सामाजिक बाध्यता नै थियो । श्रीमती, बुहारी र आमा बनेर घरव्यवहार सम्हाल्नु कठिन थियो । हाम्रा आमाहरू भन्नुहुन्छ, ‘नेपाली समाजमा सासँबाट बुहारीले कहालीलाग्दो बुहार्तन बेहोर्नुपथ्र्यो, हामीले पनि त्यो बुहार्तन भोग्यौँ ।’ कर्मघरको रुखो व्यवहारले घरेलुहिंसाको प्रतिनिधित्व गर्दथ्यो । मानसिकरूपमा विक्षिप्त दिदीबहिनीको जीवन निकै मायालाग्दो हुनेगथ्र्यो ।teej_2
आजजस्तो सँचना प्रविधि उपलब्ध नभएको समाजमा आफ्ना भावना अर्को व्यक्तिसम्म पु¥याउने माध्यम चिठी वा मौखिक खबर मात्रै थियो । अशिक्षाका कारण चिठी–चपेटा लेख्न दिदीबहिनीलाई निकै कठिन थियो । पढेलेखेका एकाध मानिसबाट चिठी लेखाउँदा मनका कुरा खोल्न सङ्कोचले रोक्थ्यो । यसैले दिदीबहिनीका कर्मघर वा जन्मघरका समस्या अव्यक्त रहन्थे । चिकित्सा मनोविद् अञ्जन ढकालका अनुसार– बोल्न व्यग्र इच्छा हुँदाहँुदै पनि समाजका नकारात्मक टीका–टिप्पणीबाट जोगिन दिदीबहिनी चुप बस्थे । श्रीमान्को प्रेम अभाव, सासँ–ससुराको टोकसो र नन्द–आमाजँको रुखो व्यवहारले दिदीबहिनीलाई मनोवैज्ञानिक रूपमै दुःखी बनाउँथ्यो । कामको बोझ र निगरानीका कारण मनमिल्दा सँगीसँग उनीहरूको बातचित हुने अवसर मुस्किलले प्राप्त हुन्थ्यो । खासगरी आफ्ना मनभित्रका कुरा अव्यक्त रहँदा दिदीबहिनीका पीडा मनभित्रै गुम्सिन्थे । ढकालका अनुसार अव्यक्त पीडाले विभिन्न मनोसामाजिक वा मनोवैज्ञानिक समस्या निम्त्याउनु सामान्य नै थियो ।
तीज गीतमा दिदीबहिनीले जन्मघर र कर्मघरमा सँगालेका अनुभव गाउँछन् । समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा तीज गीतले दिदीबहिनीका मनभित्र गुम्सेका कुण्ठा व्यक्त गर्न भँमिका खेल्छन् । वर्षभरि आ–आफ्नो दुःखजिलो गरी तीजका दिन साथीसँगी एवं दिदीबहिनी भेटी नाचगान तथा खानपान गर्नाले चेलीको मन प्रफुल्ल हुन्छ । तीजमा दिदीबहिनीले गर्ने सोेह्र–शृङ्गारले एक प्रकारको आत्मसन्तुष्टि प्राप्त हुन्छ । मन चङ्गाझैँ फुरुङ्ग हुन्छ । चिकित्सा मनोविद् अञ्जन ढकाल भन्नुहुन्छ– मानिसले भित्री मनमा दबेका इच्छा र आकाङ्क्षालाई व्यक्त गर्न पायो भने मनोसामाजिक समस्या आफैँ कम हुन्छन् । यसले व्यक्तिको भावनालाई सन्तुलितरूपमा अगाडि बढाउन मद्दत पुग्छ । त्यसैले तीज र तीज गीतको मनोसामाजिक महŒव अत्यधिक छ । दिदीबहिनीका द्वन्द्वात्मक व्यवहारहरू बाहिर खुलेर गाइँदा मनको बोझ हलुका हुन्छ । मन शान्त भएपछि घरायसी द्वन्द्व, झै–झगडा कम हुने गर्छ । दिदीबहिनीले खुलेर आफ्ना बह साथी–सङ्गीसँग पोख्दा तिनको मन हलुङ्गो हुने गर्दछ । श्रीमान्–श्रीमतीबीचको मायाममता अझ प्रेमिल बन्न पुग्छ । जन्मघर र माइतीघरको सम्बन्ध पुनः ताजा बन्दै जान्छ ।
नेपाली गीतलेखनमा तीज गीतले उल्लेख्य स्थान ओगटेको छ । जुनसुकै प्रकारको गीत लेख्ने गीतकारले पनि तीज गीत लेखिरहेका छन् । तीज गीत मायालु र पारिवारिक विषयवस्तुको सेरोफेरोमा बन्छ । यसका भजन, सँगिनी, ठाडोभाका, जस्ता पुरानो भाकादेखि आजकलका तीज गीतमा भने राजनीतिलगायतका समसामयिक विषयवस्तुको व्यङ्ग्य पनि मिसाउन थालिएको छ ।teej1
तीज गीतमा गाउँले जनजीवन पोखिएको हुन्छ । दिदीबहिनीका पीडा, कुण्ठा र हाँसीमजाक लेखिन्छन् । एउटी छुची सासँको कर्कश व्यवहार र बुहार्तनलाई खुलेर छेडछाड गरिन्छ । सासँलाई मान–सम्मान गर्न नजानेकी बुहारीको बदख्वाइँ पनि तीज गीतमा गाइन्छ । दिदीबहिनी, नन्द र आमाजँबीच खुट्टा तान्ने, घोचपेच गर्ने र हेपाहा व्यवहारलाई पनि गीतमा व्यक्त गरिएको हुन्छ । रत्न बानियाको ‘सासँ–बुहारीको जुहारी’ अनि सन्तोष के.सी. र उहाँका साथीहरूको ‘पल्की अरे सुन्तली’ यस्ता गीतका उदाहरण हुन् । गायिका तथा सञ्चारकर्मी नीरा रानाभाटको विचारमा तीज गीतमार्फत दिदीबहिनीले आफँमाथि भएको अन्यायको व्यङ्ग्य गर्ने हो तापनि आज केटा र केटी जिस्किने माध्यमको रूपमा पनि प्रयोग गरिन थालेको छ ।
विजय कट्टेल (छहरा)को शब्द अञ्जु गौतमको लय तथा स्वरमा बनेको ‘रातो चोली’ तीज गीतले पारिवारिक गीतको उदाहरण प्रस्तुत गरेको छ । यस गीतमा माइती र चेलीबीचको माया र ममता पोखिएको छ । ‘रातो चोली’ गीतले माइतीघर, बाबुआमा तथा दाजुभाइसँगको नजिकपनलाई देखाएको छ । गीतले माइती र चेलीबीचको सम्बन्ध सधँै नजिक रहनुपर्छ भन्ने अपेक्षा राख्दछ । यसैगरी लैङ्गिक विशेषज्ञ यमुना घलेका अनुसार तीजमा गाइने गीतहरू लोकलयमा आधारित, सशक्तीकरणका संवाहक र सन्देशमँलक हुनुपर्छ । यस्ता गीतले हाम्रो सांस्कृतिक मँल्य–मान्यताको जगेर्ना गर्दछ ।
समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा तीज गीतले साथी सँगीबीचको मायाममता वर्षैपिच्छे नवीकरण गर्दै लान्छ । घरपरिवार तथा नाता–कुटुम्बबीचको सम्बन्ध बलियो पार्छ । तीज गीतले बुहारी पनि छोरीसमान हुन्, यिनलाई पनि माया गर्नुपर्छ भन्ने शिक्षा सासँलाई दिन्छ । त्यस्तै सासँ पनि आमा नै भएकीले उनलाई पनि माया–ममता दिनु बुहारीको कर्तव्य हो भन्ने भावका गीत पनि सिर्जित छन् । माइती र विवाह गरेर पराईघर गएकी चेलीको बीचमा पातलो हँुदै जाने सम्बन्ध हरेक वर्ष गाढा बनाउँदै लान्छ । यो प्रसङ्गको तीज गीतमा रेशम सापकोटा र देवी घर्तीको ‘के भन्ने हौ’लाई लिन सकिन्छ ।
अचेलका नृत्यप्रधान तीजगीत निकै खुला छन् । यसको अर्थ नेपाली समाजमा लैङ्गिक विभेदको खाडल साँघुरो बन्दै गएको छ । नेपाली समाजमा छोरीचेलीलाई घरको चौघेरोबाट बाहिर निस्किन रोक्ने चलन तोडिँदै गएको देखिन्छ । लैङ्गिक विभेद महिलाको मात्रै मुद्दा नभई महिला–पुरुष दुवैको समान समस्या हो भन्ने बुझाइको विकास भएको देखिन्छ । यो भनाइलाई पुष्टि गर्ने गीतमा कोमल ओली र पशुपति शर्माको तीज गीत
‘लास्टै चोटी हो’ लाई लिन सकिन्छ । यस गीतले नेपाली युवती आफँ सुहाउँदो जोडी खोज्न स्वतन्त्र छन् भन्ने सन्देश दिन्छ ।
कतिपय सङ्गीतकर्मी यस्ता गीतलाई छाडा गीत पनि भन्छन् तर समाज गतिशील हुनाले यसको बहाव रोकिँदैन । गीतकार राजेन्द्र थापा भन्नुहुन्छ– “यौन अतृप्ति र यौनविषयक भावहरू दबाइने प्रचलनका विरुद्ध शृङ्गारिक उच्छृङ्खलता व्यक्त गरी मनोवैज्ञानिक राहत लिने काम पनि तीज गीतमा भइरहेको हुन्छ । नारीलाई चौघेरामा थुन्ने पुरुषवादी सोचको चित्त फाट्नु भनेको हीनता र ईष्र्यालु विभेदक कुसंस्कार हो ।”
सहरकेन्द्रित दिदीबहिनीलाई छोड्ने हो भने अझै पनि माइतीसँग चेलीको सम्बन्ध बलियो देखिन्छ । तीज विशेषका आधारमा भन्नुपर्दा सहरका दिदीबहिनी माइतीघरतिरभन्दा साथीसँगीतिर बढी नजिक देखिन्छन् । दाजुभाइसँग दिदीबहिनीको दँरी बढ्दै गएको देखिन्छ । सँचना प्रविधिको प्रयोग, यातायातको सुविधा, मनोरञ्जनका साधनको उपलब्धताले गर्दा आजका चेलीलाई माइतीसँग भेटघाट गर्न तीज कुर्नैपर्दैन । यसैले थोरै चेलीले मात्र तीजमा माइतीघर
‘मिस’ गर्दछन् । समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा सहरको तुलनामा गाउँले जीवनमा सामाजिक सम्बन्धको बन्धन निकै बलियो देखिन्छ । यसको अर्थ यो पनि हो कि हाम्रो गाउँले जनजीवन नातागोतालगायत छरछिमेकीसँगको कार्यगत एकताका आधारमा अगाडि बढिरहेकै छ । यसैले तीज गीतमा ज्यादाजसो ग्रामीण विषयवस्तु नै लेखिन्छन् ।
प्रसिद्ध लोकगायक विमल डाँगीको विचारमा दिदीबहिनीका पीडाव्यथा समेटिनुपर्ने तीजगीत अचेल अर्कैतिर मोडिएका छन् । त्यस्ता तीज गीत सुनेर हाम्री हजुरआमा रत्यौली सम्झिनुहुन्छ । बिहेमा गाइने रत्यौली भनेको रत्यौली नै हो । गाई र भैँसीमा फरक त हुनैप¥यो नि, दुवैले दँध दिन्छन् र पनि भँैसीले गाईको स्थान ओगट्दैन । ‘दर खाने’ नाममा दिदीबहिनी रक्सी पिएर बाटोमै लडेको र अपशब्द बोल्दै हिँडेको पनि देखिन्छ । कतिपय गीतमा सलिल सन्देश भेटिँदैनन् । यस्ता तीज गीतले सांस्कृतिक परम्परा कायम राख्दैनन् । आउने पुस्ताले यस्ता गीतबाट के सिक्ने भन्ने चिन्ता पनि छ । यसैले गायिका तथा सञ्चारकर्मी नीरा रानाभाट तीज गीतका सर्जक एवं रेडियोकर्मीलाई सचेत हुन आग्रह गर्नुहुन्छ ।
गीतकार लोकराज बराल तीज गीतले वास्तविक रूप छोड्दै गएको स्वीकार्नुहुन्छ तर पनि समयले लामो फड्को काटिसकेकाले अझै पनि तीज गीत पुरानै किसिमले लेख्न जरुरी नभएको उहाँको भनाइ छ । लोकगायक डाँगी अचेल रत्यौली र दोहोरी गीतको शैलीमा तीज गीत आएको भन्नुहुन्छ । महिला स्वरमा आउनुपर्ने तीज गीत पुरुष स्वरमा आउनुले सांस्कृतिक विचलन आउने चिन्ता छ डाँगीको । त्यस्तै गायिका तथा सञ्चारकर्मी नीरा रानाभाटको विचारमा पनि बजारमा आइरहेका कतिपय गीत वास्तविक तीज गीत हैनन् । बरु ती नारीकेन्द्रित गीत मात्रै हुन् । नारीकेन्द्रित गीतलाई तीज गीत भन्नु भ्रमको खेती मात्रै हो । अर्कोतर्फ मानवशास्त्री डा. पौडेलका अनुसार गीतमा प्रयोग गरिएका शब्दले नेपाली समाजको रूपान्तरण भइरहेको देखाउँछ ।
अर्कातर्फ तीजको नाममा भए नभएका गरगहना प्रदर्शन गर्ने होडबाजी नै चलेको छ । श्रीमतीका गरगहना प्रदर्शनको मोहका कारण तिनका श्रीमान्ले धन कमाउनलाई अनेक उपाय अवलम्बन नगर्लान् भन्न सकिँदैन । मानवशास्त्री डा. पौडेलको भनाइमा गरगहना र पहिरनको प्रतिस्पर्धात्मक प्रयोग, भोजको आयोजना र उल्लासपँर्ण सहभागिताले सामन्तवादी नेपाली समाज पुँजीवादी समाजमा रूपान्तरण भएको देखिन्छ । तर गीतकार राजेन्द्र थापा भने तीज भड्किलो भएको मान्नुहुन्न । उहाँका अनुसार तीज जुनसुकै जातजातिका महिलाले मज्जाको रूपमा लिने कारणले महिनौँ मान्छन् । त्यसैले विरोध गर्नु बेकार हो । गीतकार थापा, कलाकारले वर्ष दिनमा आउने तीजपर्वलाई ताकेर गीतसङ्गीत बनाई दुई–चार पैसो कमाउनुलाई राम्रो मान्नुहुन्छ ।
तीज गीतमा सांस्कृतिक परम्परालाई निरन्तरता दिन सकेकोमा गीतकार छहरा र गायिका गौतम खुसी व्यक्त गर्नुहुन्छ । गीतकार छहरा सांस्कृतिक परम्परा कायम गर्न नसक्ने तीज गीतले समाजलाई गलत बाटोमा लाने भएकाले त्यस्तो गीत अर्थहीन मान्नुहुन्छ ।
अन्त्यमा, दिदीबहिनीका मनभित्र गुम्सेका अव्यक्त भावना प्रस्तुत गर्ने माध्यम तीज गीत हुन् । आजको परिवर्तित नेपाली समाजमा तीज गीतमा विकृतिसमेत देखिएको गुनासा आइरहेको अवस्थामा दिदीबहिनीका जीवनमा आउने विभिन्न उतारचढाव व्यक्त गरिएका छन् । नेपाली समाजमा घरायसी द्वन्द्व समाधान हुन तीज गीतले भँमिका खेल्छ । दिदीबहिनीमा पर्ने मनोवैज्ञानिक असर समाधान गर्नुका साथै जन्मघर र कर्मघरतिरको सामाजिक बन्धन बलियो पार्न तीजगीतले महŒवपँर्ण भँमिका खेलेको देखिन्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds