कथा: मत्स्यगन्ध

गोपाल अश्क

kaathaaत्यही दिनदेखि उसलाई मत्स्यगन्ध निकै मन पर्न थालेको हो । कुरो धेरै पहिलाको हो । धेरै पहिला भन्नुको अर्थ पचास वर्ष जति पहिलाको र ऊ त्यतिबेला आईएमा पढ्दैथ्यो । मोबाइल त आइसकेको थिएन नै, पेजरको पनि जमाना थिएन । एकदम फुर्सद र आरामको जमाना थियो । भनाइको मतलव, यो कथा फुर्सद र आरामी बेलाको हो ।
ऊ आईएमा पढ्दै गर्दा घरमा उसको बिहेको पहिलोपल्ट कुराकानी चलेको थियो । बिहेको कुरा चलाउने उसका बाबु नै थिए । उसले एक दिन आमाबुबाबीच भएको कुराकानी सुनेको थियो– ‘प्रशान्तकी आमा ! हाम्रो छोरो जवान भइसक्यो, अब यसको बिहे गरिदिनुपर्छ ।’
‘के भन्नुभा’को यो ? छोरो त अहिले भर्खर अठार वर्षको हुँदैछ । कसरी जवान भयो ऊ ! उसको अहिले नै बिहे किन गर्नुप¥यो ?’ उसकी आमाले लगभग विरोध नै जनाएकी थिइन् । ऊ ढोकानिर उभिएर बुबाआमाबीच भइरहेको संवाद सुनिरहेको थियो । कुरो उसकै भइरहेकाले ऊ जे जति डराए पनि हिम्मतले सुनिरहेको थियो । बुबाको आवाज अलिक कडा भएको जस्तो लाग्यो– ‘थाहा छ, मलाई । छोरो अहिले क्याम्पसमा पढ्दैछ र ऊ अठार वर्षको भएको छ तर के गर्ने ऊ हाम्रो बुढेसकालमा जन्मेको छोरो हो । फेरि मेरो बिहे त तिमी दश वर्षकी हुँदा नै भएको थियो, होइन र ?’
‘हुन त हो तर यो कस्तो कुरो गराइ हो
हजुरको ! हजुरको बिहे हुँदा मेरो उमेर कति रे ? हा...हा..हा.... हजुरले आफ्नै उमेर भने भइहाल्यो नि, होइन र ? मेरो बिहे हुँदा म यति वर्ष..... ।’ उसकी आमाले हाँस्दै भनेकी सुनेर ऊ पनि मनमनै हाँस्यो ।
‘तिमी गाँठी कुरो बु्झ्दिनौ प्रशान्तकी आमा । तिम्रो कुरा गरेर म आफँलाई जवान देखाउन चाहन्छु के...। मलाई थाहा छ, तिमी मभन्दा कम उमेरकी छ्यौ । अब कम उमेरकी केटीसँग त कम उमेरको केटोको बिहे हुन्छ नि !’ श्रीमतीलाई जिस्काउँदै भनेका थिए ।
यो भ्रममा नरहनुस् श्रीमान् । हजुरलाई पनि थाहा छ, म हजुरभन्दा पक्कापक्की छ महिना जेठी हुँ ।’ उनी आफ्नी श्रीमतीको मुखबाट यो ‘पक्कापक्की छ महिना’ शब्द सुनेर हाँस्न थाले । उनकी श्रीमती पनि हाँस्न थालिन् । यता छोरो पनि हाँस्न थाल्यो । उसकी आमाले हाँस्दाहाँस्दै सोधिन्– ‘खैर, छोडौँ यो हँसीमजाकको कुरो । ल भन्नुस्, के कुरा हो ?’ त्यसपछि दुवैजना गम्भीर भए । कुरो पनि गम्भीर नै थियो । उसका बुबाले भने– ‘कुरो के छ भने, प्रशान्तको बिहेका लागि एक जना भलाद्मी र पढेलेखेको घरपरिवारबाट कुरो आएको छ । सम्पन्न पनि छन् केटीवाला । केटी पनि तिमीजस्तै उही पक्कापक्की छ महिना कान्छी होली हाम्रो छोरोभन्दा ।’
‘मतलव ! प्रशान्तकी आमाले केटीबारे जान्न खोजेकी थिइन् । ‘मतलव यो हो श्रीमतीजी कि केटी पनि आईएमै पढिरहेकी छे । ऊ पनि पुग–नपुग अठार वर्षकै हुनुपर्छ ।’ प्रशान्तका बुबाले भने, ‘तर उसको जिउडाल राम्रो छ, एकदम मिलेको शरीर छ । राम्री छे, मत्स्यकन्याझैँ ।’ ‘यो मत्स्यकन्याझैँ भनेको के हो फेरि ?’ उनकी श्रीमतीले सोधेकी थिइन् ।
‘अब सबै कुरो नसोध न, केही त आफैँ बुझ । जवान छे, मस्त जवान ! श्रीमान्ले सम्झाउने प्रयत्न गरे । यो कुरा सुन्नासाथ प्रशान्तको मनमा एउटा मीठो तरङ्ग उठेको अनुभव भयो । उसले कतैबाट मीठो वासना आएको अनु्भँत ग¥यो । भन्नुपर्दा, ऊ जवानीको वासनाको अनुभँति गर्न थालेको थियो ।
त्यसपछि ऊ आफ्नो कोठामा फर्कियो । ऊ आफ्नी हुनेवाली श्रीमतीका बारेमा कल्पना गर्न थाल्यो । ‘बुबाले त राम्री छे, भन्नुभा’ हो, तर राम्री भनेको कस्ती राम्री ? कल्पनामा ऊ आफ्नी हुनेवाली श्रीमतीको तुलना कुनै अप्सरासँग गर्न थाल्यो । कल्पना गर्नुको आनन्द पनि त यही नै हो । त्यही गरिरहेको थियो ऊ । रातसँग प्रेमिल र अन्तरङ्ग कुरा गरिरहेको थियो ।
एक दिन बेलुकी ऊ क्याम्पसबाट घर फर्किंदा उसकी आमाले चिया–खाजा खुवाउँदा खुवाउँदै एउटी केटीको फोटो देखाउँदै भनिन्– ‘बाबु ! यो फोटो हेर त ।’
‘किन ? किन हेर्ने मैले यो फोटो ?’ उसले बुझेर पनि बुझ पचाउँदै सोध्यो ।
‘यो तिम्री हुनेवाली दुलहीको फोटो हो के । नाउँचाहिँ चन्दा हो । यो पनि आईएमै पढ्छे ।’ आमाले भनिन् ।
‘मेरै क्याम्पसमा ?’ उसले सोध्यो ।
‘अनि कहाँ पढ्छे त ? यहाँ एउटै क्याम्पस त छ नि, होइन र !’ उसकी आमाले प्रतिप्रश्न गरिन् । यो केटीलाई तिमीले क्याम्पसमा देखेका छैनौ ?’
‘अहँ, छैन । अर्को सेक्सनमा होली ।’ तर आमा, मेरो अहिले नै किन बिहे गर्न हतार ?
‘यो खासगरी तिम्रो बुबाको चाहना हो र मेरो पनि यही हो । हामी वृद्ध हुन लाग्यौँ बाबु, त्यसैले तिम्रो बिहे चाँडै नै गर्न खोजेका हौँ’ आमाले भनिन् ।
‘तर म त केटीलाई नहेरी बिहे गर्दिनँ नि आमा फोटोको भरमा !’ उसको मुखबाट अचानक इच्छा बाहिरियो । आमाले जिल्ल पर्दै भनिन्– ‘तिम्रो बुबाले मान्नुहुन्छ कि मान्नुहुन्न, थाहा छैन, तर म तिम्रो कुरो चाहिँ अवश्य राखिदिन्छु’ आमाले भनिन् र मनमनै सोच्न थालिन्– एकैछिन अगाडि अहिले बिहे किन गर्नुप¥यो भन्ने छोरोले अचानक केटी नहेरी बिहे नगर्ने पो भन्न थाल्यो वा ! हाय, कस्तो आएछ जमाना ! पहिलेको हाम्रो जमाना थियो दुलहा–दुलहीको भेट एकैचोटि मिलनको पहिलो रातमा हुल्थ्यो, त्यो पनि घुम्टो उठाउने बेलामा ।’
यसरी प्रशान्तको बिहेको कुरो चल्यो हावाहुरीझैँ । हावाहुरीझैँ भन्नुको अर्थ कुरा चलिसकेपछि निरन्तर चलिरह्योे । पछि त प्रशान्तले क्याम्पसमा चन्दा नाम गरेकी त्यो केटीलाई पछ्याउनै थालेको थियो । त्यो केटीले पनि प्रशान्तको बारेमा थाहा पाइसकेकी थिई, यही हुनसक्छ मेरो जीवनसाथी ।
प्रशान्त पनि राम्रो र खाइलाग्दो जिउडालको युवक थियो । दुवैले एक–अर्कालाई मन पराउन थालेका थिए । उता उनीहरूका अभिभावकबीच बिहेको कुराकानी चलिरहेको थियो, यता यिनीहरू एक–अर्काको नजिक आउन थालेका थिए । समय मिलाएर र अरूको आँखा छलेर कुराकानी गर्न पनि थालेका थिए । त्यो बेला आजको झैँ खुला वातावरण थिएन । केटाकेटीबीच त संवाद नै हुँदैनथ्यो । त्यस्तो प्रतिकँल परिस्थितिमा पनि यिनीहरू क्रान्तिकारी हुन खोजिरहेका थिए । यता बिहेको कुरो पक्कापक्की भइसकेको थियो । एक दिन अचानक उसले आमाद्वारा केटीसँग बाहिर जाने र कुराकानी गर्ने प्रस्ताव केटीकहाँ पठायो । केटीवाला पढेलेखेका र प्रगतिशील विचारधाराका भएकाले उसको प्रस्ताव सहजै स्वीकार भयो । सहरको एउटा नाम चलेकी गाइनोक्लोजिस्ट डा. नीतँ सिन्हाको क्लिनिकमा प्रशान्त र चन्दाको भेट भयो । यो उनीहरूको जीवनमा गरिने महŒवपँर्ण निर्णयको पहिलो औपचारिक मिलन थियो । आफ्नो पालोमा उनीहरू डाक्टर नीतँसामु बसेका थिए र डा. नीतँ उनीहरूको कुरा र चाहना सुनेर अवाक् भइरहेकी थिइन् । चुपचाप उनीहरूलाई हेरिरहेकी थिइन् । हुन त कुरो सत्य थियो तर आश्चर्यले भरिएको र अलिक अपत्यारिलो पनि थियो । प्रशान्त र चन्दा दुवै जना डाक्टरका प्रश्नको जवाफ दिइरहेका थिए । ‘तपाईंहरू श्रीमान्–श्रीमती हो ?’ डा. नीतँको प्रश्न ।
‘भइसक्या छैनौँ डा. सा’ब, तर हुनेवाला हौँ’ प्रशान्त र चन्दा दुवै जनाले एकै स्वरमा भने ।
‘ल बधाई छ तर तपाईंहरू मकहाँ किन आउनु
भो ? के कुनै पीडा छ ?’ डा. नीतँले फेरि प्रश्न गरिन् ।
‘होइन, अहिले कुनै पीडा छैन तर भविष्यमा हुनसक्ने पीडाबाट जोगिनका लागि हामी यहाँ आएका हौँ ?’ प्रशान्त र चन्दाले भने । ‘हेर्नुस्, म थाकिसकेकी छु, बिरामी हेर्दाहेर्दै । जे भन्नु छ, छिट्टो भन्नुस् र सिधै भन्नुस् ।’ डा. नीतँले उनीहरूलाई आफ्नो कुरो छिटो भन्न प्रेरित गरिन् । ‘डा. सा’ब !’ प्रशान्तले भन्न थाल्यो र चन्दा स्वीकृतिमा आफ्नो टाउको हल्लाउन थालिन्–
‘हाम्रो बिहे हुने लगभग तय भइसकेको छ । हामी पनि एक–अर्कालाई मन पराउँछौँ । बाहिरबाट हेर्दा हामीमा कुनै कमी छैनजस्तो लाग्छ । तर हामी हाम्रो बिहे गर्नुअघि आफ्नो जैविक जाँच पड्ताल, खासगरी सन्तान हुने–नहुने योग्यताबारे जान्न चाहन्छौँ ।’
डा. नीतँलाई उनीहरूका कुराले भ्रमित बनाइरहेको थियो । उनी आफैँ अनौठो रोगीजस्ती देखिइरहेकी थिइन् । उनले आश्चर्यचकित हुँदै सोधिन्– ‘यस्ता कुरा त बिहेपछि पो गरिन्छ त, अहिले नै किन हतार ? पहिला बिहे गर्नुस्, त्यसपछि हेरौँला, जाँचौँला । केही समस्या भए उपचार गरौँला ?’ ‘हुँदैन डा. सा’ब’ यस पटक चन्दा बोल्न थालेकी थिइन्– ‘ यो पुरानो जमाना होइन डा. सा’ब । अब चिनाटिपन मिलाउन त्यति आवश्यक लाग्दैन हामीलाई, बरु निरोगिताको प्रमाणपत्र लिन आवश्यक लाग्छ । म आमा बन्न योग्य छैन वा उनी बुबा बन्न योग्य छैनन् भने हामी यसबारे पहिले नै मानसिकरूपमा तयार हुन चाहन्छौँ । हामी पछि गएर घर–परिवार र समाजबाट अपहेलना र प्रताडना खेप्न चाहँदैनौँ ।’
डा. नीतँ सिन्हाको जीवनमा यो पहिलो घटना भइरहेको थियो । उनले अलिक ठट्टा गर्दै भनिन्– ‘तपाईंहरूको विचार र साहस देखेर मलाई एउटा कुरो सोध्न मन लाग्यो, सोधँँ ?’
‘हुन्छ डा. सा’ब, सोध्नुस् ? प्रशान्तले भन्यो ।
‘यो त एक किसिमले योनी र लिङ्गको बिहे गरेजस्तो कुरो भएन न ? डा. नीतँको कुरा सुनेर चन्दा अलिक लजाइन् र आफ्नो टाउको तल निहुराइन् । प्रशान्तले अलिक हाँस्दै भन्यो– ‘एक किसिमले होइन डा.सा’ब, सबै किसिमले त्यही हो कुरो । केटाकेटीको बिहेको मुख्य उद्देश्य नै सन्तानोत्पादन हो, वंशवृद्धि हो । योनी र लिङ्गको निरोगिता मँल कुरा हो । हामी हजुरकहाँ ठँलो विश्वास लिएर आएका छौँ, प्लिज हाम्रो यो चाहना पँरा गर्न मद्दत गर्नुहोस् र हाम्रो डाक्टरी परीक्षण गर्नुहोस् । हजुरले परीक्षण गरेर दिएको रिपोर्ट नै हाम्रो बिहेको निर्णयाधार हुनेछ ।’ प्रशान्तले विनम्रताका साथ भन्यो । त्यसपछि डा. नीतँले आफ्नो चिकित्सकीय धर्मको पालना गरिन् । उनीहरू आमाबुबा बन्न योग्य छन् वा छैनन् भन्ने कुराको निर्णय लिनका लागि आवश्यक जाँच गर्न सिफारिस गरिन् । उता घर–परिवारमा बिहेको कुरा जोडतोडका साथ चलिरहेको थियो, यता उनीहरू पन्ध्र दिनपछि आउने रिपोर्टको प्रतीक्षा गरिरहेका थिए ।
ठीक पन्ध्र दिनमा दुवैको मेडिकल रिपोर्ट आयो । डा. नीतँले मेडिकल रिपोर्ट दिँदै भनिन्– ‘बधाई छ तपाईंहरू दुवैलाई । दुवै जनामा कुनै खराबी देखिएको छैन, आमाबुबा बन्न लायक हुनुहुन्छ ।’
हो, त्यही दिनदेखि उसलाई मत्स्यगन्ध निकै मन पर्न थालेको थियो । दुवैतर्फका आमाबुबाको हातमा चिना थियो भने उनीहरूका हातमा ल्याबटेस्टको प्रमाणपत्र । 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds